दफा ६३
उजूरी दिन सकिने
०(१) भन्सार कार्यालय वा भन्सार जाँचपास परीक्षण कार्यालयको कुनै कर्मचारीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बिपरीत कुनै काम गरेको वा राजस्वमा हानि पुच्याएको वा निकासीकर्ता वा पैठारीकर्तालाई बद्नियतपूर्वक दुःख दिने नियतले कुनै काम गरेको छ भन्ने कुरामा विश्वास गर्नुपर्ने मनासिब कारण भएमा भन्सार अधिकृत र भन्सार परीक्षकको हकमा महानिर्देशकसमक्ष, भन्सार कार्यालय वा भन्सार जाँचपास परीक्षण कार्यालयको अन्य कर्मचारीको हकमा महानिर्देशक वा भन्सार अधिकृत वा भन्सार परीक्षकसमक्ष उजुरी दिन सकिनेछ ।
(२) उपदफा (१) बमोजिम परेको उजुरीउपर महानिर्देशक वा भन्सार अधिकृत वा भन्सार परीक्षकले छानविन गरी सोको जानकारी निवेदकलाई दिनुपर्नेछ ।
(३) उपदफा (२) बमोजिमको छानविनबाट भन्सार अधिकृत, भन्सार कार्यालयका अन्य कर्मचारी, भन्सार परीक्षक वा भन्सार जाँचपास परीक्षण कार्यालयका: अन्य कर्मचारीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गरेको वा राजस्वमा हानि पुच्याएको वा निकासीकर्ता- वा पैठारीकर्तालाई बद्नियतपूर्वक दुःख दिने नियतले मात्र कुनै काम गरेको पाइएमा त्यस्तो भन्सार अधिकृत र भन्सार परीक्षकलाई महानिर्देशकले, भन्सार कार्यालयका अन्य कर्मचारीलाई भन्सार अधिकृतले र भन्सार जाँचपास परीक्षण कार्यालयका अन्य कर्मचारीलाई भन्सार परीक्षकले विभागीय कारबाही प्रारम्भ गरी प्रचलित कानून बमोजिम भ्रष्टाचार मानिने कार्य भएको पाइएमा सम्बन्धित अधिकारीसमक्ष बुझाउनु पर्नेछ ।
(४) यस ऐन बमोजिमको काम कारबाहीको सिलसिलामा महानिर्देशकले दिएको आदेश वा निर्देशनको पालना नगर्ने वा लापरवाही वा बदनियतपूर्वक काम गर्ने भन्सार कार्यालय वा भन्सार जाँचपास परीक्षण कार्यालयको कर्मचारीलाई महानिर्देशकले विभागीय कारबाही गर्न सक्नेछ ।